दुर्लभको गजल

आफ्नै कदम मिलाएर चाल्न जानिन म आधुनिक जमानामा ढाल्न जानिन म कसो गर्दा ठिक होला,मेसो नपाउदा दिगो शान्ति जिन्दगीमा पाल्न जानिन म आफु बदलियो भने,सबै बदलिन्छ अर्थपूर्ण अभियान थाल्न जानिन म साना कुरा तेर्सिएर,लक्ष्य हराउदा आफ्नै कमिकमजोरी फाल्न जानिन म अन्धकार हराउथे,मैनसरी जलि आत्मज्ञान जलाएर बाल्न जानिन म दुर्लभ शाह त्यागी गुल्मी हाल-नगरकोट